एनपीएल : सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।
एक समय १५ ओभरमा १६०-२ को अवस्थामा भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन । अन्तिम ५ ओभरमा ३३ रन जोड्दा ५ विकेट गुमायो ।
सुदूरका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।
पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया