एनपिएलमा रञ्जितको नयाँ कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा ५ विकेट लिने कीर्तिमान राखेका छन् ।
रञ्जित जारी सिजनमा ५ विकेट लिने पहिलो खेलाडी समेत बनेका छन् ।
आज सम्पन्न विराटनगर किङ्ग्ससँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट हात पारे । १९ वर्षीय देब्रे हाते ‘स्पीनर बलर’ रञ्जितको उत्कृष्ट प्रदर्शनमा अपराजित विराटनगर किङ्ग्सको यात्रामा ब्रेक समेत लाग्यो । उनी ‘प्लेयर अफ द म्याच’ समेच चुनिए । उनको यो ‘डेब्यु’ खेलसमेत हो । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो ।
यसअघि जारी सिजनमा कुनै पनि बलरले एकै खेलमा ५ विकेट लिन सकेका छैनन् । वीरगञ्जका रञ्जित मधेस प्रदेशबाट क्रिकेट खेल्ने गर्दछन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगरका कप्तान सन्दीप लामिछानेले भने ४/४ विकेट लिइसकेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया