एनपिएल : कर्णाली र काठमाडौंबिच निर्णायक भिडन्त
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाजबिच खेल हुनेछ। खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले चार खेलमा एउटा मात्र जित हासिल गरेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहनका लागि कर्णालीलाई आजको खेल जित्नै पर्ने बाध्यता छ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा रहेको छ। प्लेअफको यात्रामा पुग्नका लागि काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया