दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
काठमाडौँ -सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।
उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलो पटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय दिएर सूचना प्रकाशन गरेकामा समय थप गरी यही मङ्सिर ५ गतेसम्म बढाएको थियो । तर सो समयमा पनि उम्मेदवारको निवेदन पर्न सकेको छैन । “उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधी भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तान कृपया निवेदन दिनुहोस् । वा मलाई नै सम्पर्क गर्नुहोस्”, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज सार्वजनिक आह्वान गर्नुभएको छ ।
सङ्घीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन
-
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
-
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो
-
कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’
-
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क


प्रतिक्रिया