लुम्बिनीले जित्यो एनपीएल सिजन -२ को उपाधि
काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । लिग चरणको सुरुवातमा कमजोर देखिएको लुम्बिनीले उत्कृष्ट कमब्याक गर्दै उपाधि घर लगेको हो ।
लिग चरणको आफ्नो चौथो खेलसम्म तीन हार खेपेको अवस्थामा रहेको लुम्बिनी सुरुवातमा दबाबमा थियो ।
तर, लिग चरणका पछिल्ला तीनसहित लगातर ६ खेलमा जित निकाल्दै लुम्बिनीले उपाधि जितेको हो । यसलाई लुम्बिनीको उत्कृष्ट कमब्याकको रुपमा हेरिएको छ ।
सुदूरपश्चिमले भने उपविजेतामै चित्त बुझाएको छ । पहिलो सिजनमा पनि यो टोली उपविजेता बनेको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ८ ओभर ६ बलमा ४ विकेट गुमाउँदै ८६ रन बनाउँदै सहज जित हात पारेको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया