एनपिएल विजेता लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् ।सामाजिक सञ्जालमार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् ।
बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्, “राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।”
लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रो पटक पनि उपविजेता मै समेटिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया