NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यु-१९ एसिया कपको उपाधि

काठमाडौँ। यु-१९ एसिया कपको उपाधि पाकिस्तानले जितेको छ। १२औँ संस्करणको प्रतियोगितामा पहिलो पटक च्याम्पियन भएको पाकिस्तानले फाइनलमा सात पटकको विजेता भारतलाई हराएको हो ।

यूएईमा भएको फाइनल खेलमा भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो। भारतले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पाकिस्तानले राम्रो प्रदर्शन गर्दै ८ विकेटको क्षतिमा तीन सय ४७ रन बनाएको थियो।

जवाफमा भारत एक सय ५६ रनमा नै अलआउट भएपछि पाकिस्तानले उपाधि जितेको हो। पाकिस्तानका एक ओपनर हम्जा १८ रनमा नै आउट भए पनि अर्का ओपनर समीर मिनहसले एक सय ७२ रनको सानदार र उत्कृष्ट इनिङ्स खेलेका थिए। उनले एक सय १३ बलमा १७ चौका र नौ छक्का प्रहार गरेका थिए।

तेस्रो नम्बरका उसमान खानले ३५ रन बनाए। आहमद हुसेनले ५६ रनको अर्धशतकीय पारी खेलेका थिए। उनले समिरसँग एक सय ३७ रनको शतकीय साझेदारी गरेका थिए। समिरलाई दिपेशले आउट गराएका थिए। दिपेशले तीन विकेट लिए भने हेनिल पटेल र खिलनको नाममा एक(एक विकेट रह्यो।

जवाफमा भारतका ओपनर बैभदल सूर्यवंशीले १० बलमा २६ रन बनाएका थिए। उनलाई अलि राजाले क्याचआउट गराएका थिए। त्यसपछि कुनै ब्याटरले पाकिस्तानी बलरको दबाबलाई सामना गर्न सकेनन्। आयुष महतरे दुई, आरोन जर्ज १६, बिहान महल्होत्रा सात, विदान्त त्रिवेदी नौ, अभिज्ञान कुन्डु १३ र कनिस्क चौहान नौ रनमा नै आउट भए।

अन्तिममा दिपेशले सर्वाधिक ३६ रन बनाएका थिए। पाकिस्तानका खलि राजा एक्लैले चार विकेट हात पारे भने मोहम्मद सयान, अब्दुल सुभन र अुजाइफा अहसनले समान दुई-दुई विकेट लिएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष