उम्मेदवार टुंग्याउन गगनले बोलाए संसदीय बोर्ड बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउन पार्टी संसदीय बोर्डको बैठक बोलाएका छन् ।
अहिले बिहान ११ बजे बस्ने गरी नवनिर्वाचित सभापति थापाले पार्टी संसदीय बोर्डको बैठक बोलाएका हुन् ।
यसअघि तलबाट आएको सिफारिसअनुसार सबै पक्षलाई समेटेर टिकट वितरण गर्ने तयारी संसदीय बोर्डले गरेको बताइएको छ ।
कांग्रेसमा प्रतिनिधिसभालगायत निर्वाचनको टिकट विचरण संसदीय बोर्डबाट निर्णय गरेर गर्नुपर्ने प्रावधान छ । संसदीय बोर्डमा सभापति, दुुई उपसभापति, दुई महामन्त्री र ८ सह–महामन्त्री छन् । टिकट वितरणलाई व्यवस्थित र वैज्ञानिक बनाउन पार्टी विधानमा यस्तो व्यवस्था भए पनि अघिल्ला कार्यसमितिबाट भागबण्डा र तजबिजीका आधारमा टिकट वितरण हुने गरेको थियो ।
निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र विरोधी खेमा देखिएपछि यसपालि कांग्रेस कसरी अघि बढ्न भन्ने अन्योल छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन समूह सबैलाई मिलाएर निर्वाचनमा जाने तयारीमा छ भने विशेष महाधिवेशन अस्वीकार गर्दै आइरहेको शेरबहादुर देउवा समूह आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुुगेको छ ।


प्रतिक्रिया