टी-२० विश्वकपमा आज नेपालसहित ६ टोली खेल्ने
काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज (आइतबार) नेपालसहित छ टोलीले प्रतिस्पर्धा गर्दैछन्। आज तीन वटा महत्त्वपूर्ण खेलहरू हुन लागेका हुन्।
आजको पहिलो खेल समूह डीमा रहेका न्युजिल्याण्ड र अफगानिस्तानबिच चेन्नईको एमए चिदम्बरम रंगशालामा बिहान सवा ११ बजे सुरु हुनेछ।
दोस्रो खेलमा समूह सीमा रहेका नेपाल र इंग्ल्याण्डबिच हुँदैछ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ। पहिलो खेलमा बलियो टोली इंग्ल्यान्डकाे सामना गर्न लागेको नेपाल पहिलो जित निकालेर विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छ।
त्यस्तै, आजको अन्तिम खेल समूह बीमा रहेका आयोजक श्रीलंका र आयरल्याण्डबिच बेलुका सवा ७ बजे कोलम्बोको आर प्रेमदासा रंगशालामा हुनेछ।
शनिबार (हिजो) देखि सुरु भएको खेलमा पहिलो दिन पनि तीन खेल भएका थिए। जस अनुसार कोलम्बोस्थित सिन्हिज स्पोर्ट्स क्लब ग्राउन्डमा भएको उद्घाटन खेलमा समूह एमा रहेका पाकिस्तान र नेदरल्यान्ड्सबिच भएको थियो।
सो खेलमा पाकिस्तानले ३ विकेटको रोमाञ्चक जित हात पारेको थियो।
त्यस्तै, कोलकत्ताको इडेन गार्डेनमा भएको समूह सीको खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्यो। अन्तिम खेलमा समूह एको खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गरेको थियो।
भारत र अमेरिकाबिच मुम्बईस्थित वानखेडे रंगशालामा खेल खेलिएको थियो। जारी प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया