टि–ट्वान्टी विश्वकप : इङ्ल्यान्डले नेपाललाई दियो १८५ रनको लक्ष्य
काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।
उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे । ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे । जोस बटलरले २६ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक-एक सफलता हात पारे ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया