आईपीएलमा राजस्थान विजयी
एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय २८ रनको विजयी लक्ष्य [पछ्याएको राजस्थानले १२.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । राजस्थानको लागि वैभव सोर्यवंशीले अर्धसतक बनाए । उनले १७ बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै यशस्वी जैसवालले ३८, ध्रुव जुरेलले १८ र कप्तान रायन परागले १४ रन बनाए ।
चेन्नईको लागि अन्शुल काम्बोजले दुई विकेट लिए ।
यसअघि गुवाहाटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चेन्नईले १९.४ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो । चेन्नईको लागि जेमी ओभर्टनले ३६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ४३ रन बनाउँदा कार्तिक शर्माले १८ र सर्फराज खानले १७ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
राजस्थानको लागि जोफ्रा आर्चरम नान्द्रे बर्गर र रविन्द्र जडेजाले दुई/दुई तथा ब्रिजेश शर्मा, सन्दीप शर्मा र रवि विश्नोईले एक/एक विकेट लिए ।
जितसँगै राजस्थानले दुई अंक जोडेको छ । आज हुने खेलमा पञ्जाव किंग्स र गुजरात टाइटान्स भिड्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया