टी-२० आई सीरीज: नेपाल र युएईबीच आज पहिलो खेल हुँदै
काठमाडौँ- नेपाल र युएईबीच आज टीयू मैदान कीर्तिपुरमा पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज हुँदैछ। नेपालको मैदानमा पहिलो पटक ‘फ्लड लाइट’ मा हुन लागेको खेलको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन्।
ऐरीले औपचारिक रुपमा पहिलो पटक टी-२० टोलीको कप्तानी गर्न लागेका हुन्। यद्यपी दिपेन्द्रले कप्तान रोहित नहुँदा टोलीको जिम्मेवारी समाल्ने मौका पाउने गरेका छन्।
पछिल्लो पटक विश्वकपको ‘वार्मअप’ खेलमा रोहित नहुँदा दीपेन्द्रले क्यानडा विरुद्ध टिमको कप्तानी गरेका थिए। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुबै टोली आफ्नो बलियो पहिचानलाइ कायम राख्ने प्रयासमा मैदानमा उत्रिने छन्।
नेपालले पछिल्लो पटक भारतमा भएको टी-२० विश्वकपमा दुई महिना अघि प्रतिस्पर्धा गरेपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यद्यपी यो सिरिजका लागि नयाँ खेलाडीहरुलाइ मौका दिइएको छ।
नेपाल क्रिकेट संघ क्यानले टी-२० र एकदिवसीय खेलका लागि फरक संरचना र खेलाडीको चयन गरेकाले नेपालका लागि नयाँ प्रयोगका रुपमा यो सिरिज रहेको छ। टी-२० श्रंखलाको यो अभियनामा यसअघि टिममा नियमित रुपमा रहेका कप्तान रोहित पौडेले सहित आसिफ शेख, सोमपाल कामी, करण केसी र ललित राजवंशीलाई यो पटकको टोलीमा समावेश गरिएको छैन।
उनीहरुको स्थानमा नयाँ खेलाडीहरुलाइ अवसर दिएको छ। यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश गरिएकाले युएइ पनि फरक अनुभवका लागि मैदान उत्रिंदै छ। यद्यपी टिमको कप्तान भने मुहम्मद वासीम नै रहेका छन्।
नेपाल र यूएई हालसम्म टी-२०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन्। कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो । यो खेल भने साढे दुई वर्षपछि कीर्तिपुरमा हुन लागेको हो। पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ यि दुइ टोली प्रतिस्पर्धा गरेका थिए।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल रहनेछन्।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया