विश्वकप लिग-२ मा नेपालको जित, युएई ३७ रनले पराजित
काठमाडौं – विश्वकप लिग-२ मा नेपालले गत जुन पछि पहिलो पटक जित हासिल गरेको छ। जुनमा नेदरल्यान्ड्स लाई १६ रनले हराए यता लगतार चार खेलमा नेपाल पराजित भएको थियो।
त्यसयता नेपालले पहिलो जित हासिल गर्ने क्रममा शनिबार घरेलु मैदानमा युएईलाई ३७ रनले पराजित गरेको हो। टियू मैदान कीर्तिपुरमा नेपालले युएईलाइ जितका लागि २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा युएई ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो। युएईका लागि हर्पीत सिंहले ३९ रन बनाउँदा आकाशदीप नाथले ३० रन बनाए। त्यस्तै कप्तान मुहम्मद वासीमले ३४ रन बनाउँदा निलन्स केसवानीले १८ रन बनाएका थिए।
यी दबाहेक ओपनर आर्यान शर्माले १८ रन बनाएका थिए। नेपालका लागि करण केसीले ४ विकेट लिंदा सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। त्यस्तै दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुत मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले ७५ रनको इनिङ खेल्दा नेपालले मध्यम स्कोर तयार गरेको थियो। दिपेन्द्रले ९० बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे। नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भएको थियो।
दीपेन्द्र बाहेक नेपालका लागि शीर्ष क्रमका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् ओपनर कुशल भुर्तेल २४ रन बनाएर आउट हुँदा आसिफ शेख ७ रनमा पेभिलियन फर्किएका थिए। त्यस्ते भिम सार्की १० रनमा आउट हुँदा कप्तान रोहित पौडेल २ रनमा एलबिडब्लुको सिकार भए। यीबाहेक मध्य क्रम भने केही समालियो।
बसिर अहमदले २० रन बनाउँदा आरिफ शेखले १५ रन बनाउँदा सोमपाल कामीले पनि १५ रन बनाए। त्यस्तै करण केसीले २२ रन बनाएका थिए।
युएइका लागि जुनाइद सिद्दीकी र अजय कुमारले ३-३ विकेट लिंदा खुजाइमा तनभिरले २ विकेट लिए। त्यस्तै हाइदर अली र मुहम्मद सहाददले १-१ विकेट हात पारे।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया