नेपाल आज स्कटल्याण्डसँग भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला मंगलबारदेखि सुरु हुँदैछ।
आयोजक नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ। नेपाल र स्कटल्याण्डबीचको खेल ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।
यसअघिको घरेलु सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकालेको थियो । नेपालले युएईलाई २ र ओमानलाई १ खेलमा हराएको थियो । नेपालको ‘ए’ टीमले अमेरिका र स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेसँगै राष्ट्रिय टीमको मनोबल बढेको छ ।
अंकतालिकामा अमेरिका शीर्षस्थानमा छ। २४ खेलमा १८ जित तथा ६ हारको नतिजासहित उसले ३६ अंक जोडेको छ। यस्तै, २८ खेलमा १४ जित र ८ हारको नजितासहित ३४ अंक बटुलेको स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल भने २४ खेलबाट ८ जित र १४ हारको नतिजाले १८ अंकसहित सातौं स्थानमा छ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया