ग्यालेक्सी S26 प्लसमा २३ हजारको क्यासब्याक
काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी S26+ मा सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ।
प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी S26+ ले सामसङको Plus डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ। ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिने सामसङकाे विश्वास छ ।
यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी S26+ खरिद गर्दा ग्राहकहरूले रु २३००० को इन्स्ट्यान्ट क्यासब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य रु १८२९९९ बाट घटेर रु १५९९९९ बनाउँछ। यो अफर १९ May देखि ३१ June सम्म मात्र लागू हुनेछ।
यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले HFL मार्फत Insta Finance बाट २४ महिनासम्मको सजिलो EMI सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता रु ४,३४१ बाट सुरु हुन्छ। ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन्।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया