विश्वकप लिग-२: अमेरिकामाथि नेपालको फराकिलो जित
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भएको छ । जहाँ सञ्जय कृष्णमुर्तीले ५६, नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाएका छन्।
अमेरिकालाई दवावमा राख्न सन्दीप लामिछानेले तीन, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए।
टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको थियो । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो। नेपालले यसअघि ओमानविरुद्ध यस मैदानमा ३१० बनाएको थियो।
जहाँ ईशान पाण्डेले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए। रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए।
अमेरिकाका शुभम रन्जानेले तीन तथा मिलिन्द कुमार र रुशिल उगारकरले एक–एक विकेट लिए। नेपालका तीन ब्याटर रनआउट भए।
जितसँगै नेपालले २८ खेलमा ११ जित र १५ हारका साथ २४ अंक जोडेको छ। नेपाल अंकतालिकाको पाँचौं स्थानमा छ। यस्तै, समान खेलमा १९ जित र ९ हारका साथ ३८ अंक जोडेको अमेरिका शीर्षस्थानमा छ। समान अंक रहेपनि स्कटल्याण्ड भने दोस्रो स्थानमा छ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया