NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ३ गते

भारत भ्रमणमा जाने ‘ए’ टिम घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने ए टिम घोषणा  गरेको छ ।

क्यानले भारतको उत्तराखण्डमा आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको हो।

सो प्रतियोगिताका लागि अनिल साह (कप्तान), मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल चयन भएका छन्।

त्यस्तै, जुन ६, २०२६ देखि सुरु हुने इयु टी २० बेल्जियम प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडी गुलशन झा र ईशान पाण्डे जेवी बर्ग टोलीबाट खेल्ने गरी चयन भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष