क्यानद्वारा महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला तथा पुरुष खेलाडीहरूको वर्गीकरण गरेको छ । सन् २०२६ का लागि ३८ जना पुरुष र २५ जना महिला खेलाडीहरू वर्गीकरणमा परेका हुन् । क्यानले पहिलोपटक ए प्लस क्याटगोरी थपेको छ ।
ए प्लसमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी समावेश छन् । त्यसैगरी बी श्रेणीमा आरिफ शेख, भीम सार्की, गुल्शन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन् ।
सी श्रेणीमा अनिल शाह, अर्जुन कुमाल, बासिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया