NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

सामसङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर

काठमाडौं । Samsung नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “Upgrade to Galaxy” अभियान सार्वजनिक गरेको छ। यस अभियानमार्फत ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा आकर्षक अफरसहित सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।

अभियान अन्तर्गत ग्राहकहरूले पुरानो चयनित डिभाइस एक्सचेन्ज गर्दा त्यसको मूल्यसँगै अधिकतम रु. ८,००० सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। साथै, Samsung ले विभिन्न मोडेलहरूमा निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ।

Galaxy S26 Ultra र Galaxy S26 मा रु. १०,००० छुट तथा रु. ८,००० सम्म एक्सचेन्ज बोनस, Galaxy S26+ मा रु. २३,००० छुट र रु. ८,००० बोनस उपलब्ध हुनेछ। त्यसैगरी, Galaxy A57 र Galaxy A37 मा रु. ५,००० छुटसँगै रु. ५,००० सम्म एक्सचेन्ज बोनस प्रदान गरिनेछ।

ग्राहकहरूको खरिद अनुभवलाई अझ सहज बनाउन Samsung ले ०% डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा पनि ल्याएको छ।

यस अफरसँगै Ncell को विशेष बोनस डेटा सुविधा पनि समावेश गरिएको छ। Galaxy S26 Series खरिद गर्ने ग्राहकहरूले रु. ३९९ वा सोभन्दा माथिको Ncell प्याक रिचार्ज गर्दा प्रत्येक रिचार्जमा १५ GB बोनस डेटा प्राप्त गर्नेछन्, जसअनुसार १२ पटक रिचार्जमा कुल १८० GB डेटा उपलब्ध हुनेछ।

त्यसैगरी, Galaxy A57, A37, A17 र M17 प्रयोगकर्ताहरूले रु. २९९ वा सोभन्दा माथिको रिचार्जमा प्रत्येक पटक १० GB बोनस डेटा पाउनेछन्, जसअनुसार कुल १२० GB डेटा उपलब्ध हुनेछ। हालै सार्वजनिक गरिएको Galaxy S26 Series Samsung को नवीनतम फ्ल्यागशिप स्मार्टफोन लाइनअप हो, जसमा शक्तिशाली प्रदर्शन, उन्नत AI-आधारित फिचर तथा प्रिमियम प्रयोग अनुभव समावेश गरिएको छ।

साथै, Galaxy A57 र A37 5G ले स्मार्ट AI फिचर, भरपर्दो परफर्मेन्स र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका अधिकृत Samsung रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। EMI योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि ग्राहकहरूले नजिकैको Samsung स्टोरमा सम्पर्क गर्न सक्नेछन्।

ताजा अपडेट

नेपालवाच विशेष