प्रतिनिधिसभा नियमावली पारित
काठमाडौँ– प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकबाट उक्त नियमावली पारित भएको हो।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म उक्त नियमावलीको अंग बनेको घोषणा गरे। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गरेको संशोधन स्वीकृत गरेको थियो।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया