NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि

काठमाडौँ- नेपालले एसियन गेम्स-२०२६ क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुरमा सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डिएलएस विधिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसियन गेम्सका लागि भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, मलेसिया र कुवेत यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका थिए।

फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसबेला कप्तान दीपेन्द्र सिंह ऐरी ४ बलमा ९ रन र  रोहित कुमार पौडेल २४ बलमा ३५ रन बनाएर क्रिजमा थिए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्कासहित ६५ रनको उत्कृष्ट इनिङ्स खेले। अर्का ओपनर आसिफ शेख भने पहिलो बलमै आउट भएका थिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १८८ रनमा सीमित गरेको थियो। हङकङका लागि अंशुमान रथले ४५ बलमा ८० रन बनाए भने शाहिद वासिफले २८ बलमा ५५ रनको योगदान दिए।

नेपालको बलिङतर्फ शेर मल्लले ४ विकेट लिए। करण केसीले २ विकेट हात पारे भने सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए।

ताजा अपडेट

नेपालवाच विशेष