स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना २०८३’ लागू गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार स्टार्टअप उद्यमीले एकीकृत डिजिटल प्रणालीमार्फत दर्ता, अनुमति तथा आवश्यक सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसका लागि वान डोर बिजनेस रजिष्ट्रेसन प्लेटफर्म सञ्चालनमा ल्याइने व्यवस्था गरिएको छ ।
कार्ययोजनाले व्यवसाय दर्ताको झन्झट कम गर्दै अनलाइन प्रणाली, अटो–फिल तथा अटो–रिट्रिभल प्रविधिको प्रयोग, समर्पित हेल्प डेस्क तथा एआईमा आधारित जानकारी प्रणालीमार्फत सेवा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।
यस्तै, स्टार्टअप उद्यमीलाई व्यवसाय विकास, मेन्टरिङ, परामर्श, नेटवर्किङ र सहजीकरण सेवासमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस योजनाले नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारमा सहयोग पु¥याउने सरकारको योजना छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया