फिफा विश्वकप २०२६ : बराबरीमै रोकिए साउदी र उरुग्वे
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्।
अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा कुनै गोल गर्न सकेन।
खेलको ४१ औँ मिनेटमा साउदीका लागि अद्दुलेलाह अल अमिरीले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए।
तर दोस्रो हाफको ८० औँ मिनेटमा उरुग्वेले गोल गर्दै खेललाई बराबरीमा ल्यायो। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरे।
त्यसपछि दुवै टोलीले अर्को गोल गर्न नसक्दा खेल १–१को बराबरीमै रोकिएको हो। यो खेलबाट दुवै टोलीले समान १ अंक जोडेका छन्।
ताजा अपडेट
-
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
-
फिफा विश्वकप २०२६ : बराबरीमै रोकिए साउदी र उरुग्वे
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
विश्वकप हेर्ने नाममा साइबर ठगी बढ्दो, शंकास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह


प्रतिक्रिया