NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ५ गते

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज (शुक्रवार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको गरेको हो ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो ।

ताजा अपडेट

नेपालवाच विशेष