यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष पदमा कैलालीका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले नेपाल विशेष सेवा ऐन २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने, सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने र संघीय संसद समक्ष सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
ताजा अपडेट
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय
-
सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा
-
१० हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
-
शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
कक्षा १२ मा नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी’


प्रतिक्रिया