NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ८ गते

रास्वपा महाधिवेशन : दोस्रो दिन आज के-के हुँदैछ ? [तालिकासहित]

चितवन –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र शुरू हुँदै छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आजबाट शुरू हुन लागेको हो ।

आजको बन्दसत्रपछि भोलिबाट निर्वाचन प्रक्रिया शुरू हुने रास्वपाले जनाएको छ । बन्दसत्रमा शुरू अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछ । रमाकान्त रिमालले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल हुनेछ ।

कोषाध्यक्ष, लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमा छलफल भएपछि महामन्त्री, कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । र, त्यसमा छलफल हुनेछ ।

पार्टी सहमहामन्त्रीले विधानमाथिको छलफल अगाडि बढाउने छन् । विधान पास भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसमा छलफल भएपछि पास हुनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष