भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्य विनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।
बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा. अमिक श्रेष्ठले जानकारी दिए । बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखुराहरू नष्ट गरिएको उनले जानकारी दिए ।
जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए ।
ताजा अपडेट
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
-
प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्ताव ठूलो भूल हुन सक्छ : बाबुराम भट्टराई
-
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दक्षिण अफ्रिकाले जोड्यो ४ अंक
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी


प्रतिक्रिया