बराबरी खेल्दै जापान र स्वीडेन विश्वकपको ‘नकआउट’ चरणमा
काठमाडौँ। जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्।
अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन्।
यो नतिजासँगै जापान समूहको उपविजेता तथा स्वीडेन उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गर्न सफल भएका हुन्।
खेलको ५६ औं मिनेटमा जापानका लागि दाइजेन माएदाले गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए। ६२ औँ मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि भने कुनै पनि गोल हुन सकेन।
बराबरीसँगै जापानले तीन खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनायो। स्वीडेनले ४ अंकसहित उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम ३२ को यात्रा तय गर्यो।
ताजा अपडेट
-
सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग


प्रतिक्रिया