शपथ खाएपछि रवि लामिछानेले भने– रास्वपा झनै परिपक्व भयो
राष्ट्रिय स्वतन्त्र पार्टी अब झनै परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्ने सभापति रवि लामिछानेले बताएका छन् ।
सभापतिको शपथ ग्रहण गरिसकेपछि सम्बोधन गर्दै लामिछानेले महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा थप वैधानिकता र मजबुती प्रदान गरेको बताए । पार्टीले पछिल्लो चार वर्षमा केही कमजोरी र अनुभवहरूबाट सिक्ने अवसर पाएको उल्लेख गर्दै उनले ती कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे ।
लामिछानेले आन्तरिक निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै निर्वाचनपछि आउने जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने धारणा पनि राखे ।


प्रतिक्रिया