NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १७ गते

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौं। ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानलाई २–१ गोलले हराउँदै पाँच पटकको च्याम्पियन ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको हो।

एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कमब्याक गर्दै जित निकाल्यो। खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए।

५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिने अवस्थामा पुगदा अन्तिम समयमा वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए।

हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै सकिएको छ। ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ।

ताजा अपडेट

नेपालवाच विशेष