प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक गतिविधि, समसामयिक विषयवस्तु तथा कार्यसम्पादनसँग सम्बन्धित विभिन्न एजेन्डामाथि छलफल गरिनेछ। यस्तै आवश्यक विषयमा निर्णयसमेत लिइने सचिवालयले जनाएको छ।


प्रतिक्रिया