NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा अष्ट्रियालाई ३–० गोलले हराउँदै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई तथा र पेड्रो पोरोले एक गोल गरे। खेलको ३६ औं मिनेटमा मिकेलको गोलबाट अग्रता लिएको स्पेनलाई ६६ औं मिनेटमा पेड्रोले गोल गर्दै अग्रता दोब्बर पारे।

ओयार्जाबल त्यति मै रोकिएनन्। खेल सकिनै लाग्दा ८९ औं उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।

अब स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ। अष्ट्रिया भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष