मन्त्रालय घटाउँदा २० अर्ब बचत
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।
मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको प्रवक्ता पोखरेलले बताए । उनले मन्त्रालयको सङ्ख्या घटाएसँगै वार्षिक करिब रु २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताए ।
यसैगरी उनले अन्य संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजीलगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताए ।
ताजा अपडेट
-
घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
-
परराष्ट्र मन्त्रालयका १०० दिन: प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
-
सीआईबीको नाम दुरुपयोग गरी धम्कीपूर्ण इमेल पठाउने गिरोह सक्रिय, विश्वास नगर्न आग्रह
-
तनावकाबीच इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि
-
हर्मुज सुरक्षित बनाउन फ्रान्स–बेलायत सक्रिय, ओमानसँग सहकार्य


प्रतिक्रिया