आसिफ शेख एनपीएल अक्सनका सबैभन्दा महँगा खेलाडी, लुम्बिनीले २० लाखमा भित्र्यायो
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सनमा सबैभन्दा महँगा खेलाडी बनेका छन्।
सोमबार काठमाडौंमा सम्पन्न अक्सनमा आठ फ्रेन्चाइज टोलीले कुल ५२ खेलाडीलाई अनुबन्ध गरेका हुन्। ‘ए’ श्रेणीमा रहेका आसिफलाई लुम्बिनी लायन्सले २० लाख रुपैयाँमा अनुबन्ध गरेको हो। यसअघि लगातार दुई संस्करण जनकपुर बोल्ट्सका मार्की खेलाडी रहेका आसिफलाई यस सिजनअघि जनकपुरले रिलिज गरेको थियो।
अक्सनमा विराटनगर किंग्सले सात खेलाडी अनुबन्ध गर्दै ३५ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ। टोलीले रुपेश कुमार सिंहलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको हो।
चितवन राइनोजले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले विवेक कुमार यादवलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा भित्र्याएको छ।
जनकपुर बोल्ट्सले आठ खेलाडी अनुबन्ध गर्दै ४१ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ। टोलीले त्रित राज दासलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
कर्णाली याक्सले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले शुभ कंसाकारलाई १० लाख रुपैयाँ तथा विपिन प्रसाद शर्मा र दीपेन्द्र रावतलाई समान ५–५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
काठमाडौं गोर्खाजले सात खेलाडी अनुबन्ध गर्दै १७ लाख रुपैयाँ खर्च गरेको छ। टोलीको सबैभन्दा महँगो खरिद साहिल पटेल रहे, जसलाई ५ लाख रुपैयाँमा अनुबन्ध गरिएको हो।
लुम्बिनी लायन्सले आसिफ शेखसहित छ खेलाडी अनुबन्ध गर्दै ४४ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले किशोर महतोलाई १० लाख तथा दुर्गेश गुप्ता र आकाश त्रिपाठीलाई समान ५–५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। लुम्बिनीसँग अब ५ लाख २५ हजार रुपैयाँ बजेट बाँकी रहेको छ।
पोखरा एभेन्जर्सले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ। टोलीले अर्जुन घर्ती क्षेत्रीलाई ‘ए’ श्रेणीबाट १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
सुदूरपश्चिम रोयल्सले छ खेलाडी अनुबन्ध गर्दै २६ लाख रुपैयाँ खर्च गरेको छ। टोलीले दीपक बोहोरालाई १० लाख तथा अनिल खरेल र मिलन बोहोरालाई समान ५–५ लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ।


प्रतिक्रिया