अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा
काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा पुगेको हो ।
बेल्जियमको जितमा चाल्र्स केट्लरले दुई गोल गरे । उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ३३ औँ मिनेटमा बेल्जियमका चाल्र्सले अर्को गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३–१ मा पु¥याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४–१ ले विजयी भयो । क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ ।


प्रतिक्रिया