घट्यो सुनचाँदीको भाउ
काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ४०० रूपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको छ ।
हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ८९ हजार ४०० रुपैयाँ थियो ।
यता चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार एक तोला चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँ थियो ।


प्रतिक्रिया