NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २५ गते

सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्य लगातार पाँचौ दिनपनि घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि सुनको मूल्य ९ सय रुपैयाँले ओरालो लागेको थियो । सुनको मूल्य गत आइतबारदेखि घट्न थालेको हो । त्यसयता सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले घटिसकेको छ ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४४ हजार ८५ रुपैयाँ निर्धारण भएको छ ।

यो दिन सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदी १६० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३४० रुपैयाँमा सीमित बनेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष