सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
काठमाडौँ- नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ।
राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीबार सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताएको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।
ताजा अपडेट
-
डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले
-
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा
-
प्रधानमन्त्री शाहद्वारा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने पक्राउ
-
निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकार सकारात्मक छः प्रधानमन्त्री


प्रतिक्रिया