शुक्रबार दुई हजार ७०० रुपैयाँले बढ्यो सुन
शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्यमा भारी वृद्धि देखिएको हो।
बिहीबार प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला चार हजार ३४० रुपैयाँ रहेको चाँदी आज १७० रुपैयाँले बढेर चार हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


प्रतिक्रिया