सम्पत्ति विवरण पेसलाई बाध्य नपार्न सर्वोच्चको आदेश
सर्वोच्च अदाललतले सम्पत्ति विवरण पेस गर्नमा बाध्य नपार्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले शुक्रबार सम्पत्ति जाँचबुझ छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
‘नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूलमा अपूरणीय क्षति हुने स्थिति देखिँदा प्रस्तुत रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्नू, पेस हुन आएको सम्पत्ति विवरणउपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नू र कसैउपर पनि कुनै किसिमको कानुनी कारबाहीका लागि सिफारिस नगर्नू–नगराउनू भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९८२ (क) बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ,’ आदेशमा उल्लेख छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले रिट दायर गरेका थिए । सो रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले पूर्ण इजलासमा पेस गर्ने आदेश पनि दिएको छ ।


प्रतिक्रिया