NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ३० गते

पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासत थप तीन दिन लम्बियो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेलको हिरासत अवधि थप तीन दिनका लागि बढाउने आदेश दिएको हो। योसँगै उनको हिरासत अवधि पाँचौं पटक थपिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको हिरासत यसअघि असार ९ गते सात दिन, असार १५ गते तीन दिन, असार १८ गते छ दिन र असार २४ गते पाँच दिनका लागि थप गरिएको थियो।

यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट भने सर्वोच्चले खारेज गरिसकेको छ।

ताजा अपडेट

नेपालवाच विशेष