NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

 सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको हो। योसँगै बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ। बुधबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष