घुस लेनदेन मुद्दामा पौडेल र व्यवसायी दीपक आनन्दलाई आठ-आठ वर्ष कैद सजाय
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद सजाय सुनाएको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले जनही ८ वर्ष कैद र १ करोड ५४ लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको हो । दुबै जनाले अमेरिकी डलर २ लाख ८० हजार बराबरको रिसवत लिन–दिन मञ्जुर गरेको पुष्टि भएको अदालतले जनाएको छ ।
तत्कालीन विदेशी विनिमय दर अनुसार यो रकम नेपाली रूपैयाँ ३ करोड ८ लाख ५० हजार ४ सय बराबर हुन आउँछ ।
जरिवानाको हकमा कूल बिगो रकम ३ करोड ८ लाख ५० हजार चार सय रूपैयाँलाई आधा–आधा बाँडी दुवै प्रतिवादीलाई जनही १ करोड ५४ लाख २५ हजार दुई सय रूपैयाँ जरिवाना हुने फैसला भएको छ ।
ताजा अपडेट
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन
-
पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित ६ जना र १० कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
-
दुई सय भन्दाबढी न्यायाधीशहरुको सरुवा(सूचीसहित)
-
घुस लेनदेन मुद्दामा पौडेल र व्यवसायी दीपक आनन्दलाई आठ-आठ वर्ष कैद सजाय
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै


प्रतिक्रिया