आजदेखि लागू भयो सरकारी कर्मचारीको नयाँ तलबमान
काठमाडौं – आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले घोषणा गरेको सरकारी कर्मचारीको नयाँ तलब तथा सुविधा आजदेखि कार्यान्वयनमा आएको छ।
गत जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा पुनरावलोकन गरी सुरु स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेका थिए।
नयाँ व्यवस्थाअनुसार कर्मचारीले मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि प्राप्त गर्नेछन्। सरकारले तलब वृद्धि र प्रोत्साहन भत्ता कार्यान्वयनपछि कर्मचारीको खाइपाइ आएको खुद आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने जनाएको छ।
बजेटमा गरिएको व्यवस्थाअनुसार सरकारी कर्मचारीको न्यूनतम मासिक तलब ४० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँ कायम गरिएको छ।


प्रतिक्रिया