सुन तोलामा ३ हजार १०० रुपैयाँ घट्यो
काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला तीन हजार १०० रुपैयाँले सस्तिएको हो।
बिहीबार प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर दुई लाख ८२ हजार १०० रुपैयाँमा सीमित भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२५ रुपैयाँ घटेर चार हजार २०० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन, कच्चा तेल तथा अमेरिकी डलरको मूल्यमा देखिएको उतारचढावसँगै अमेरिका–इरान तनावसम्बन्धी पछिल्ला घटनाक्रमले बहुमूल्य धातुको कारोबार प्रभावित भएको बताइएको छ। यसको प्रभाव नेपाली बजारको सुनचाँदी मूल्यमा समेत देखिन थालेको हो।


प्रतिक्रिया