देशभर मनसुन सक्रिय, काठमाडौं उपत्यकामा डुबानको जोखिम
काठमाडौं – देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । निरन्तर वर्षा र नदी तथा खोलामा पानीको सतह बढ्न थालेपछि तटीय तथा होचो भूभागमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज र भाेलि देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै नदी खोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।
उनका अनुसार विशेषगरी होचा स्थान, नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ ।
महाशाखाले देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेकाे छ ।
ताजा अपडेट
-
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकः २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन
-
विश्वकपको तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै
-
देशभर मनसुन सक्रिय, काठमाडौं उपत्यकामा डुबानको जोखिम
-
भारी वर्षाको जोखिम रहेकाले काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव


प्रतिक्रिया