व्यवसायी शंकर अग्रवाल पक्राउ
काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पक्राउ गरिएको हो ।
अग्रवाललाई काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट बुधबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई थप कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको छ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया