कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन् ।
गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम परिवारलाई सन्तानप्रति सकारात्मक सोच विकास गराउने, घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने तथा पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत टिकाकुमारी क्षेत्रीका अनुसार ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका १७ परिवारले गत आर्थिक वर्ष २०८२/८३ मा अनुदान पाएका हुन् ।
उनले कार्यविधिअनुसार लाभग्राही परिवारलाई दुई वर्षसम्म मासिक चार हजार रुपैयाँ उपलब्ध गराइने बताइन् ।
ताजा अपडेट
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
-
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने


प्रतिक्रिया