सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
काठमाडौं – नेपाली सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन र चाँदी दुवैको मूल्य घटेको जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. २ लाख ८४ हजार २०० मा कारोबार भइरहेको छ। सोमबार प्रतितोला रु. २ लाख ८८ हजार ५०० रहेको सुनको मूल्य आज रु. ४ हजार ३०० ले घटेको हो। यस्तै, १० ग्राम सुनको मूल्य रु. २ लाख ४३ हजार ६५५ कायम गरिएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। सोमबार प्रतितोला रु. ४ हजार ४४५ रहेको चाँदी आज रु. ४ हजार ३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला रु. १३५ ले घटेको हो। १० ग्राम चाँदीको मूल्य रु. ३ हजार ६९५ निर्धारण गरिएको छ।
ताजा अपडेट
-
एमबीएसको प्रश्नपत्र आउट गर्ने थप दुईजना पक्राउ
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
-
अस्पतालमा सेवा अवरूद्ध नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको दाबी
-
मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट


प्रतिक्रिया