करदाता प्रोत्साहन उपहार योजना २१ साउनदेखि लागू हुने, भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार योजना यही २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम २०८३ सञ्चालनार्थ आवश्यक कार्यविधिसमेत बनाइसकेको छ ।
यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनीहरूलाई आवश्यक व्यवस्था मिलाउन र सोको जानकारी सबै सेवाग्राहीलाई पठाउन निर्देशन गरेको हो ।
नेपाल सरकार, आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सञ्चालनार्थ विद्युतीय प्रणालीमा अन्तरआबद्धता स्थापित गर्न र सोसम्बन्धमा देहायबमोजिम गर्न अनुमतिपत्रप्राप्त सबै संस्थाहरूलाई जानकारी गराएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सबै पीएसपीहरूको मोबाइल एपमा आवश्यकताअनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ सम्बन्धी एफएक्यू (बारम्बार सोधिने प्रश्नहरू) को छुट्टै खण्ड समावेश गर्नुपर्नेछ ।
यसैगरी, सबै पीएसपीहरूको मोबाइल एपबाट करदाता प्रोत्साहन उपहार कार्यक्रम २१ साउन २०८३ देखि सञ्चालनमा आउने भनिएको छ । साथै, सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा सोको जानकारीसमेत ग्राहकलाई पठाउन राष्ट्र बैंकले निर्देशन गरेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री बालेनको अपिल : सामाजिक सद्भाव कायम राख्न सबै नागरिक जिम्मेवार बनौँ
-
सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री
-
करदाता प्रोत्साहन उपहार योजना २१ साउनदेखि लागू हुने, भुक्तानी सेवाप्रदायकलाई राष्ट्र बैंकको निर्देशन
-
आपसी सद्भाव कायम राख्न राष्ट्रपति पौडेलको अपील
-
सुनसरीमा दुवै मृतका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ


प्रतिक्रिया